बालेनको ‘एक्लो’ अभिव्यक्तिबारे रवि– ‘उहाँ कवि र कलाकार पनि हो’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूहरूबीच सम्बन्ध बिग्रिएको भन्दै आउने समाचारमा सत्यता नरहेको बताए ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू ‘एक्लो’ भएको आशयको अभिव्यक्ति दिएको विषयमा प्रश्न गर्दा लामिछानेले शाह कवि तथा कलाकारसमेत भएकाले उनका हरेक अभिव्यक्तिलाई राजनीतिक अर्थमा बुझ्न नहुने बताए ।

लामिछानेले आफूहरूबीच कुनै समस्या वा भ्रम नरहेको दोहोर्‍याउँदै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे आफूलाई कुनै चिन्ता नरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्