अमरेश सिंहको प्रश्न : अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निश्पक्षताको विषयमा ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।

‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’, उनले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।

अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको भनेर उनले यसरी जानू पनि गलत रहेको बताए ।

गत असार पहिलो साता अख्तियारको टिम नै प्रधानमन्त्री कार्यालय पुगेको थियो ।

सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भनेर प्रश्न उठेको थियो ।

यसै पृष्ठभूमिमा सांसद सिंहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको कार्यालयको शाखा हो ?’ भनेर गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्