रास्वपा केन्द्रीय समितिको बैठक सुरु, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार पार्टीका दस्तावेजअन्तर्गत स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुनेछ ।

यस्तै, सांगठनिक व्यवस्थापन तथा मनोनयनअन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयन गर्ने विषय बैठकको कार्यसूचीमा छ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनबारे पनि छलफल हुने जनाइएको छ ।

त्यसैगरी योजना, कार्यक्रम तथा अभियानअन्तर्गत केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल हुनेछ ।

पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको महामन्त्री आचार्यले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी