प्रधानन्यायाधीशद्वारा राष्ट्रपति समक्ष सर्वाेच्चको वार्षिक प्रतिवेदन पेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३१ असार ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आज आइतबार सर्वाेच्च अदालतको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम प्रधान्याधीश कार्कीले सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्