काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति विस्तार गर्दै थप ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
पार्टीको केन्द्रीय समिति विस्तार गर्ने क्रममा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको रास्वपाका नेता मनिष झाले जानकारी दिएका छन् ।
मनोनीत हुनेहरूमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, वसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी रहेका छन् ।




