काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयमा ११ जना सदस्य मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा ११ जना थप गर्ने निर्णय गरेको हो ।
सचिवालयमा मनोनीत हुनेहरूमा कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, दीपक बोहरा र समीक्षा बास्कोटा रहेका छन् ।
त्यस्तै शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव पनि सचिवालय सदस्यमा मनोनीत भएका छन् ।
रास्वपाको सचिवालय ३३ सदस्यीय रहने व्यवस्था छ । यसअघि सात जना महाधिवेशनबाट निर्वाचित भइसकेका छन् । ११ जना नयाँ सदस्य मनोनीत भएसँगै सचिवालयमा अब १८ सदस्य पुगेका छन् ।





