रास्वपाले तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य मनोनीत गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन पदाधिकारीसहित ४२ जना केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत गर्ने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले केही पदाधिकारी तथा सचिवालय सदस्य मनोनीत गरेको थियो । बैठकले सचिवालयमा ११ जनालाई मनोनीत गरेको रास्वपाका नेता मनिष झाले जानकारी दिए ।

उनका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित ४२ जना केन्द्रीय सदस्य अर्को केन्द्रीय समिति बैठकबाट मनोनीत गरिनेछ ।

रास्वपाले संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित गर्ने उद्देश्यले केन्द्रीय समितिमा पदाधिकारी तथा सदस्य थप गर्न लागेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्