राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित भएको छ ।

शुक्रबार बसेको बैठक स्थगित गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भदौ ९ गते बस्ने जानकारी दिए ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक प्रस्तुत गरिन् ।

विधेयकमाथि सभामा छलफल भएको थियो । छलफलपछि राष्ट्रिय सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रस्ताव स्वीकृत भएसँगै सांसदहरूका लागि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्