बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्ने कानुन ल्याउन सांसद सुनारको माग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्ने कानुनी व्यवस्था तत्काल लागू गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले प्रमाणित दोषीलाई कुनै पनि अवस्थामा उन्मुक्ति दिन नहुने बताए।

बलात्कार तथा हत्याका घटनाको लामो सूची रहेको उल्लेख गर्दै उनले यस्ता घटनामाथि छलफल मात्रै गरेर नपुग्ने बताए।

‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ। घण्टौँसम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ। तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ ? निर्मला पन्तको जन्ती जाने हो कि मलामी जाने हो ? त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ,’ उनले भने।

सांसद सुनारले चेलीहरूको बाँच्न पाउने र स्वतन्त्र रूपमा जीवन जिउन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

उनले बलात्कार, हत्या र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा प्रमाणित दोषीलाई कडा कारबाही हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्