खानेपानीमा कर लगाएर नागरिकको अधिकार हनन गरिँदैछ : युवराज दुलाल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले स्वच्छ खानेपानी पाउनु नागरिकको नैसर्गिक अधिकार भए पनि सरकारले त्यसविपरीत काम गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै दुलालले सरकारले खानेपानीमाथि समेत व्यवसाय गर्ने नीति लिएको आरोप लगाए।

मुहानबाट पानी उपलब्ध हुन नसक्ने स्थानमा लिफ्टमार्फत पानी तानेर नागरिकले उपभोग गर्दै आएको उल्लेख गर्दै उनले विद्युत सेवामा नयाँ भ्याट व्यवस्था लागू हुँदा त्यसको प्रत्यक्ष असर खानेपानी उपभोक्तामाथि परेको बताए।

लिफ्टमार्फत तानिएको खानेपानीमा समेत कर लगाइनु नागरिकको आधारभूत अधिकारविपरीत भएको उनको तर्क छ।

दुलालले लिफ्टबाट तानिएको खानेपानीसमेत नागरिकले निःशुल्क रूपमा उपभोग गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी