गृहमन्त्री सुधन गुरुङको नागरिक गुनासो सुन्ने कार्यक्रममा मिडियालाई प्रवेश निषेध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा गृहमन्त्री सुधन गुरुङले नागरिकका समस्या, गुनासा र सुझाव सुन्न आयोजना गरेको कार्यक्रममा मिडियालाई प्रवेश निषेध गरिएको छ।

पार्टीले तय गरेको कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङ सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका हुन्। उनी त्यहाँ नागरिकका समस्या, गुनासा र सुझाव सुनिरहेका छन्।

साँझ ५ बजेका लागि तय गरिएको कार्यक्रम गृहमन्त्री गुरुङ करिब ४५ मिनेट ढिलो पुगेपछि सुरु भएको थियो।

कार्यक्रममा गुनासा राख्न आएका कतिपय नागरिकले समेत कार्यक्रम हलमा प्रवेश पाउन सकेका छैनन्। मिडियालाई भने कार्यक्रमस्थलमा प्रवेश नै दिइएको छैन।

कार्यक्रम हलको झ्यालबाट भित्रको दृश्य कैद गर्न दिइए पनि नागरिकले गृहमन्त्रीसमक्ष राखिरहेका समस्या, गुनासा र सुझाव सुन्न भने मिडियालाई रोकिएको छ।

कार्यक्रममा मिडियालाई प्रवेश नगर्न निर्देशन दिइएको भन्दै त्यहाँ खटिएका सुरक्षाकर्मीले पत्रकारलाई हलभित्र जान रोकिरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी