बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबल शृङ्खला जितेकाे नेपाली महिला टाेली स्वदेश फिर्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १ साउन । बङ्गलादेशकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खला जितेकाे नेपाली महिला टाेली स्वदेश फर्किएकाे छ । नेपाली महिला टाेली केहीबेरअघि काठमाण्डाै आइपुगेकाे हाे ।

नेपाली महिला टाेलीले हिजाे आइतवार बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हराउँदै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे थियाे । यसअघि गएकाे बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गाेलको बराबरी खेलेका थिए ।

नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाकाे ठाउँमा मैदान छिरेकी थिइन् । अञ्जनाले पेनाल्टी शुटआउटमा बङ्गलादेशकी शेउली अजीम र मारिया मान्डाकाे प्रहार राेकेकी थिइन् । नेपालका लागि सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीले गाेल गरेका थिए ।

न्युज कारखाना

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी