१४ भदौ, काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल करिब १४ वटा मानक फुटबल मैदान बराबर फराकिलो रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनका अनुसार एन्नेङ ग्रुपले अगस्ट २९ सम्म गरेको अनुगमनका क्रममा तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको पाइएको हो। उक्त क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हुन्छ।
तालको क्षेत्रफल ठूलो भए पनि यसको अवस्था हाल नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांक उद्धृत गर्दै सीजीटीएनले जनाएको छ।
यसैबीच, चिनियाँ पक्षले दोस्रो बाँध अर्थात् ‘ताल–२’ समेत पहिचान गरेको छ। यो पहिलो ताल रहेको स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको जनाइएको छ।
भदौ १० गते आएको भीषण बाढीपछि चिनियाँ पक्षले सीमाक्षेत्रमा हुन सक्ने थप जोखिमबारे निरन्तर अध्ययन तथा अनुगमन गरिरहेको छ।





