रसुवा बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढी, पहिरो तथा डुबानपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले उक्त घोषणा गरेका हुन्।

कार्यक्रममा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख रुपैयाँ गरी जम्मा २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो।

उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद् व्यवस्थापनका लागि कोष परिचालन गर्ने बताए। त्यसका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिने उनको भनाइ थियो।

राहत वितरणको मोडालिटीबारे चर्चा गर्दै ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ गर्नुभन्दा पीडितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्