काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आह्वान गरेका छन्। आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुखले भोलि प्रतिनिधिसभाको बैठक बस्ने गरी तय गरेका हुन्।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने सूचना सार्वजनिक गरिसकेका छन्।
भोलिको बैठकमा भोटेकोशी बाढीबाट सिर्जित संकट, उद्धार तथा प्रतिकार्यलगायतका विषयमा विशेष प्रस्ताव पेस गर्ने तयारी गरिएको छ।
बैठकमा उक्त विषयमा दलीय आधारमा सबै दलका नेताहरूले धारणा राख्ने कार्यसूचीसमेत तय गरिएको छ।





