चुनदेवी बैठक : मंसिरमा १५औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ।

चुनदेवीमा जारी बैठकमा देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो।

बैठकमा पार्टीको तल्लो तहदेखि अधिवेशनको कार्यतालिकासमेत प्रस्ताव गरिएको छ।

प्रस्तावअनुसार असोज १५ गते वडा अधिवेशनअसोज २० गते पालिका अधिवेशन तथा असोज २३ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने उल्लेख छ।

त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

यी प्रस्तावमाथि बैठकमा छलफल भइरहेको जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी