अपर त्रिशूली–१ बाट चिनियाँ नागरिकको उद्धार, नेपाली सेनाले सार्वजनिक गर्‍यो तस्वीर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेनाले शनिबार उनको तस्वीर सार्वजनिक गर्दै सुरुङबाट उद्धार गरिएको जानकारी दिएको हो।

यसअघि शुक्रबार पनि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार गरिएको थियो।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ। बाढीपछि आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।

उद्धार कार्यमा नेपाली टोलीसँगै विदेशी सुरुङ उद्धार विज्ञ टोलीसमेत परिचालन गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी