राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धि तीन वटा विधेयक प्रमाणिकरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ,  ४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणिकरण गर्नु भएको बताउनुभएको हो ।

संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरु राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानूनको रुपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्