रास्वपामा अन्ध समर्थन होइन, विपत्तिमा नागरिकको आँसु पुछ्ने सदस्य चाहिन्छ : रवि लामिछाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक पार्टीलाई नचाहिएको बताएका छन् ।

उनले शोक र पीडामा रहेका भुईँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य पार्टीलाई आवश्यक रहेको बताए ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै लामिछानेले नागरिकको आक्रोश र पीडालाई गलत रूपमा व्याख्या गर्ने तथा सामाजिक सञ्जालको आडमा तुच्छ टिप्पणी गर्ने प्रवृत्तिको विरोध गरे ।

‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ लामिछानेले भने ।

उनले रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारीले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गरे पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत दिए ।

‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गरेको पाइए साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिनेछ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्