आसिफ शेखको शतक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालका ओपनर आसिफ शेखले यूएईविरुद्ध शतक प्रहार गरेका छन्।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा शेखले १०३ बलमा शतक पूरा गरेका हुन्। यस समाचार तयार पार्दासम्म नेपालले ३४ ओभरमा २ विकेट गुमाएर १८५ रन जोडेको छ।

उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकाल्दै फाइनलमा पुगेको हो। यूएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्