प्रधानसेनापति सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसन फोरममा सहभागी हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्देल २८ भदौदेखि ३ असोजसम्म चीन भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउने बताइएको छ ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए ।

प्रधानसेनापति सिग्देलको चीन भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध विस्तार गर्न तथा सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रधानसेनापति सिग्देल चीनमा रहेका बेला बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी