पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइनको व्यवस्था बन्नुपर्छ : सांसद झांक्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२८ भदौ, काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले संक्रामक पशु तथा पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् ।

साथै, उनले संक्रामक रोग बोकेका पशु ओसारपसार गर्नेलाई दण्डित गर्ने व्यवस्था विधेयकमा राख्न समेत माग गरिन् ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकमाथि छलफल भएको छलफलमा उनले महामारीको अवस्थामा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था आवश्यक भएपनि हरेक अवस्थामा राज्यको प्रत्यक्ष हस्तक्षेप आवश्यक नहुनेमा जोड दिइन् ।

‘मानिसले कुनैपनि पशुजन्य उत्पादन होस् वा जीवित पशुको ओसारपोसारको लागि पशुलाई क्वारेन्टाइन गर्नुपर्ने भन्नेकुरा पनि छ नि । संक्रामक पशुहरु पशुको ओसारपोसार गर्दाखेरी दण्डित त हुनुपर्यो नि त । यसको लागि विधेयकमा निषेधात्मक दफा हुनु हुँदैन,’ उनले भने ।

स्थानीय तहले समेत अहिले क्षतिपूर्ति लगायतका काम गरिरहेको भन्दै त्यसलाई ध्यानमा राखेर ऐन निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

‘एउटा मात्रै संक्रामक रोग छ तर त्यसले महामारीको रुप लिएन भने त्यहीँनिर त्यसलाई दबाउने कुरा छ नि त । त्यसकारण जहाँ पनि राज्य उपस्थित हुनुपर्छ भन्ने होइन तर स्थानीय तहले अहिले पनि परिपुरण गरेको देखिएको कारण अहिले कानूनमै चाँही नलेखाऔँ,’ उनले भनिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी