काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
प्रहरीले उनलाई सोमबार सिंहदरबारको गेटबाटै नियन्त्रणमा लिएको हो।
अध्यक्ष तामाङ प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए। छलफल सकेर सिंहदरबारबाट बाहिरिने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।
उनका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको एसएसपी घिमिरेले बताए।
प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए। तामाङ पनि सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए।





