वालिङ : ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वालिङ नगरपालिका-९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे छिन्।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रताप पौडेलका अनुसार बिहान भूम्रेस्थित आँधीखोलामा स्नान गर्ने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो।
घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले खोजी सुरु गरेका थिए।
खोजी गर्ने क्रममा घटनास्थलबाट करिब चार किलोमिटर तल वालिङ-१३ स्थित शान्तिघाटको आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।





