राप्रपा सांसदको माग : आइतबारको बिदा हटाएर शनिबार मात्र सार्वजनिक बिदा दिइयोस्

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदामध्ये आइतबारको बिदा हटाएर शनिबार मात्र बिदा दिने व्यवस्था कायम गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थासहित विभिन्न क्षेत्रमा नकारात्मक असर परेको बताए।

उनले आइतबारको बिदा कसैलाई पनि आवश्यक नभएको भन्दै यसलाई खारेज गरी विगतमा जस्तै शनिबार मात्र सार्वजनिक बिदा दिने व्यवस्था कायम गर्न सरकारसँग आग्रह गरे।

‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। शैक्षिक संस्थादेखि सबै ठाउँमा यसले नकारात्मक असर पारिरहेको छ,’ उनले भने, ‘त्यसकारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिबारको बिदा कायम गरोस्।’

सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि खपत घटाउने उद्देश्यले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी