माइतीघरमा राखिएका टेन्ट प्रहरीले हटायो, थापाथलीतर्फ जाने सडक खुला

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ।

बुधबार बिहान लामो समयदेखि धर्नामा बसेकाहरूले सडकमा राखेका टेन्ट प्रहरीले हटाएपछि उक्त सडक खण्डमा यातायात सञ्चालन सुचारु भएको हो।

सडकमा टेन्ट राखेर निरन्तर धर्ना दिँदा रातको समयमा सुरक्षा चुनौती हुन सक्ने तथा आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ।

प्रहरीले दिउँसोको समयमा माइतीघरमा आन्दोलन तथा प्रदर्शन गर्न कुनै अवरोध नहुने स्पष्ट पारेको छ। तर, रातको समयमा भने सो स्थानमा नबस्न आग्रह गर्दै प्रहरीले माइकिङसमेत गरेको थियो।

माइतीघरको भित्री सडक खण्डमा दिनरात आन्दोलनकारीको उपस्थिति रहँदै आएको थियो। त्यसका कारण उक्त सडक खण्ड लामो समयदेखि अवरुद्ध हुँदै आएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी