रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ शव फेला

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई वटा शव फेला परेका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजीका क्रममा करिब आधा घण्टाअघि सुरुङभित्र दुई वटा शव फेला परेका हुन्।

उनका अनुसार उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ।

गत १० भदौमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिस फसेको आशंकामा खोजी तथा उद्धारको काम जारी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी