रास्वपा सांसद रमेश प्रसाईंको सरकारप्रति प्रश्न : ‘महँगीले अग्रगामी छलाङ लगायो’

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले आफ्नै सरकारको पालामा महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले देश विपद्मा परिरहेका बेला बजारमा अत्यावश्यक वस्तुको मूल्य बढेको बताएका हुन्।

‘एकातिर देश विपद्ले छटपटाइरहेका बेला अर्कोतिर बजार उदण्ड भयो। र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो,’ उनले भने।

प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै उनले महँगीको प्रत्यक्ष असर सर्वसाधारणमा परेको बताए।

‘चिल्ला गाडी चढ्नेहरूलाई फरक पर्दैन। तर हामी जस्ताको त ढाड सेकियो त,’ उनले भने।

नवनिर्वाचित उद्योगमन्त्रीलाई शुभकामना दिँदै प्रसाईंले कालोबजारी नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी