रुपन्देही । नेकपा एमालेबाट दुई पटक स्थानीय तहमा निर्वाचित भएर अहिले रास्वपा रोजेका दुई जनप्रतिनिधिलाई पार्टीले कारबाही गरेको छ ।
एमाले कपिलवस्तुको आज बसेको बैठकले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का वडाअध्यक्ष अनवर मोहम्मद मुसलमानलाई पार्टीबाट कारबाही गर्न गर्ने निर्णय प्रदेश र केन्द्रमा पठाएको हो ।
चौधरी सो पालिकामा एमालेबाट दोहोरिएर विजयी भएकी हुन् । दुवै जना गत भदौ ५ गते रास्वपामा प्रवेश गरेपछि एमालेले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
एमाले जिल्ला कमिटीको बैठकले दुवै जनप्रतिनिधिलाई पार्टीबाट कारबाही गर्नुका साथै जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।
नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले दुवै जनप्रतिनिधिमाथि कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय भएको बताए ।
बैठकको निर्णयअनुसार दुबैजनालाई कारबाही गर्ने निर्णय भएको उनले बताए । अध्यक्ष खनालका अनुसार उनीहरू रास्वपाका प्रवेश गरेपछि पार्टीले त्यस विषयलाई लिएर आवश्यक प्रक्रिया अघि बढाएको हो ।





