धनराज गुरुङले छाडे शेखरको साथ, विजयकुमार गच्छदार पनि गगनतिरै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादमा मध्यमार्गी भूमिका देखिएका नेता डा. शेखर कोइराला पनि एक्लिँदै गएका छन्।

पूर्वउपसभापति धनराज गुरुङसहित अधिकांश नेताहरू सभापति गगन थापासँग लागेपछि शेखर एक्लिँदै गएका हुन्।

पूर्वसभापति शेरबहादुर देउवा समूहका अधिकांश नेताहरूलाई हिजो गगनले स्वागत गरेपछि कोइरालाले वार्ताबाटै समस्याको समाधान गर्न अपिल जारी गरेका थिए।

उनले आफू मध्यमार्गी भूमिकामै रहने जनाएका थिए।

पूर्वउपसभापति धनराज गुरुङसहित अधिकांश नेताहरू भोलिबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सामेल हुने एक पदाधिकारीले बताए।

धनराजसहित किरण यादव, चन्द्रमोहन यादव, कृष्णचन्द्र नेपाली, दीपक गिरी, रुक्मिणी कोइरालालगायत नेताहरू महाधिवेशन प्रक्रियामा सामेल हुने ती नेताको भनाइ छ।

शेखरनिकट रहेका बद्री पाण्डे, सञ्जय गौतम, सरिता प्रसाईँले अहिलेसम्म कतै सहभागी नहुने पक्षमा छन्। १४ औँ महाधिवेशनबाट निर्वाचित पूर्व पदाधिकारीमध्ये अहिलेसम्म बद्री पाण्डे र उमाकान्त चौधरीबाहेक सबै महाधिवेशन प्रक्रियामा भाग लिने ती नेताले दाबी गरे।

यस्तै, लामो समयदेखि देउवा निकट रहेका विजयकुमार गच्छदार पनि संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा भाग लिन तयार भएको ती पदाधिकारीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी