काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तामा नेपालको झण्डा नराखिएको विषयमा सरकारको औपचारिक धारणा आउने भएको छ । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयले छिट्टै यस विषयमा बोल्ने बताए ।
आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले उनलाई यस विषयमा सोधेका थिए ।
जवाफमा पोखरेलले भने, ‘प्रोटोकल मिलेको नमिलेको सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट केही कुरा आउँछ । त्यसका लागि पर्खिनुहोला । आउँदैछ परराष्ट्रबाट ।’




