शितल र दिपिकाको स्वरमा ‘पहिलो चरण’ सार्वजनिक (भिडियो तथा तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२ असोज, काठमाडौं । सुरेश नगरकोटीको प्रस्तुतिमा दोहोरी गीत ‘पहिलो चरण’ सार्वजनिक गरिएको छ । प्रेमभावले भरिएको गीतमा शितल गुरुङ र दिपिका बयम्बु मगरको स्वर रहेको छ ।

रमेश परियारको शब्द तथा संगीतमा तयार भएको गीतको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच लोक स्वर सम्राट राजु परियारले विमोचन गरे । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ भने ओजन स्टुडियोमा रेकर्डिङ गरिएको हो । प्रेमिल भाव र मौलिक दोहोरीको स्वाद समेटिएको गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

गीतको भिडियो रोशन विश्वकर्माको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो । भिडियोमा सुरेश कोहली, सुन्जना गुरुङ, तुल्सी गुरुङ र सुरेश नगरकोटीको अभिनय तथा प्रस्तुति रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोको कलर तथा सम्पादन मनोज कार्कीले गरेका छन् ।

विमोचन कार्यक्रममा लोक स्वर सम्राट राजु परियारले गीत तथा भिडियो निर्माणको प्रशंसा गर्दै सफलताको शुभकामना दिए । उनले शितल गुरुङ र दिपिका बयम्बु मगरको स्वरले गीतलाई थप आकर्षक बनाएको बताउँदै डिजिटल पुस्ताका दर्शक–श्रोताले पनि गीतलाई रुचाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव एवं सर्जक शिव हमालले ‘पहिलो चरण’ लोक बजारमा अब्बल सिर्जनाका रूपमा स्थापित हुने शुभेच्छा व्यक्त गरे । प्रवासमा पसिना बगाइरहेका लोकसंगीतप्रेमीहरूले नेपाली लोकगीत–संगीतमा गरेको लगानीले समग्र लोक क्षेत्रको विकासमा योगदान पुर्‍याइरहेको भन्दै उनले निर्माता सुरेश नगरकोटीलाई धन्यवाद दिए ।

कार्यक्रममा सर्जक रमेश परियारले गीतको भाव तथा सिर्जनाको पृष्ठभूमिबारे जानकारी गराएका थिए । गायक शितल गुरुङ र गायिका दिपिका बयम्बु मगरले गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । गायक तेजश रेग्मीले पनि गीतको सफलताको शुभकामना दिए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले लोक क्षेत्रमा एउटा राम्रो सिर्जना थपिएको भन्दै गीतको व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे ।

गीत रमेश परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

vedio link

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्