प्रधानमन्त्री बालेन : संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वर्तमान संविधानप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।

संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका हुन्।

उनले भने, ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ।’

प्रधानमन्त्री बालेनले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमानदार र निरन्तर सक्रिय नभए संविधान कागजमा मात्र सीमित हुने बताए।

उनले भने, ‘संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ।’

प्रधानमन्त्री बालेनले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न काम गरिरहेको दाबीसमेत गरे। उनले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘म स्पष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ, तर यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्।’

विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको भन्दै प्रधानमन्त्री बालेनले सरकार यस विषयमा सचेत रहेको बताए।

उनले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको पनि बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्