काठमाडौं । असोज ८ देखि ११ गतेसम्म भीषण वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक चक्रवात र यही समय बिकसित अन्य मौसमीप्रणालीलाई हाल उपलब्ध प्राय: सबै मोडेलहरुबाट नाप्दा अवस्था भयाववह देखिने मौसमविद् उज्ज्वल उपाध्याय बताउँछन् ।
१० गते सबैभन्दा ठूलो जोखिम हुनसक्ने देखिने उपाध्याय बताउँछन् । सुदूरपश्चिम बाहेकाका क्षेत्रमा लामोदूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
२०८२ कात्तिक महिनामा पनि अति शक्तिशाली मानिएको ‘मोन्था चक्रवात’ले भारतीय पूर्वी-समुद्रीतटमा भीषणक्षती गरे पनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्युनचापीय प्रणालीमा रुपान्तरण भई अनुमानितभन्दा क्षती धेरैकम भएको थियो ।





