भरत दाहाल पक्राउको एमालेद्वारा विरोध, बस्नेत भन्छन्- चोरले खुट्टा उचालेझैँ गरियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले ‘ग्रे जोन’ प्रतिवेदनको विषयमा टिप्पणी गरेकै आधारमा विश्लेषक भरत दाहाललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । सरकारको उक्त कदम अधिनायकवादी र प्रतिशोधपूर्ण भएको उनको आरोप छ ।

पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले दाहालको गिरफ्तारी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयको निर्देशनमा भएको जिकिर गरे । उनले ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेजस्तै’ गरी बालेनले दाहाललाई पक्राउ गराएको टिप्पणी गरे ।

‘ग्रे जोनको रिपोर्ट गलत हो भने उहाँहरूले गलत हो भनेर पुष्टि गर्नुपर्‍यो, सफाइ र स्पष्टीकरण दिनुपर्‍यो,’ बस्नेतले भने, ‘भित्रभित्र अनियमित काम गर्ने अनि त्यसको विरुद्ध प्रश्न उठाउनेलाई गिरफ्तार गरेर आफ्नो निरङ्कुश र प्रतिशोधपूर्ण चरित्र देखाइएको छ ।’

बस्नेतले उक्त प्रतिवेदनले धेरै कुरा स्पष्ट पारेको दाबी गर्दै नेपालविरुद्ध साम्राज्यवादी शक्तिहरूले यहाँका केही व्यक्तिहरूलाई प्रयोग गरेको गम्भीर लगाए ।

प्रतिवेदनमा वालेन्द्र शाह, रवि लामिछाने, सुदन गुरुङ लगायतको नाम मुछिएकोले उनीहरूमाथि गम्भीर प्रश्न उठेको र यसको जवाफ उनीहरूले दिनुपर्ने बस्नेतको भनाइ छ ।

नेता बस्नेतले विदेशी शक्तिबाट ४ अर्ब रूपैयाँ लिएर मुलुकका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत र संसद् जलाउने तथा देशलाई ध्वस्त पार्ने षड्यन्त्र भएको आरोपसमेत लगाए ।

यस्ता राष्ट्रघाती अपराध र षड्यन्त्रमा संलग्नहरूलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने र जनताले त्यस्ता तत्वहरूलाई बहिस्कार गर्नुपर्ने उनको भनाइ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी