काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्ध बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले यस्तो धारणा राखेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता खरेलले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनवटैबीचको सम्बन्धलाई थप बलियो बनाएर अघि बढ्न सभापति लामिछानेले निर्देशन दिएको बताए ।
यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा पनि निर्देशनात्मक धारणा राखेको प्रवक्ता खरेलले जानकारी दिए ।





