अर्थमन्त्री वाग्ले–भारतीय वित्तमन्त्री सीतारमण भेटमा नेपाली झन्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा स्पष्टीकरण दिएका छन् ।

आइतबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता खरेलले उक्त भेट भारतीय वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले त्यहाँ नेपालको राष्ट्रिय झन्डा नरहेको बताएका हुन् ।

उनले उक्त भेट दुई देशबीचको औपचारिक द्विपक्षीय भेट नभएको पनि स्पष्ट पारे ।

खरेलका अनुसार सीतारमणको कार्यकक्षमा भएको भेटको तस्वीरमा नेपाली झन्डा नदेखिए पनि दुई पक्षबीचको औपचारिक भेटमा भने दुवै देशका राष्ट्रिय झन्डा राखिएको थियो ।

उनले भने, “दुईपक्षीय भेटमा नेपालको झन्डा पनि सँगै राखिएको छ । अहिले आइरहेको तस्वीर चाहिँ दुई पक्षको औपचारिक भेटको थिएन।”

खरेलले आफूहरूको कार्यकक्षमा नेपालको राष्ट्रिय झन्डा रहने र भारतीय वित्तमन्त्रीको कार्यकक्षमा भारतीय झन्डा रहने उल्लेख गर्दै तस्वीरलाई लिएर अनावश्यक भ्रम सिर्जना भएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी