काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल हुने भएको छ ।
आज बिहान बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि विभिन्न एजेण्डा तय गरेको थियो । जसअनुसार अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनसमेत प्रस्तुत गरिनेछ । उक्त प्रतिवेदनमाथि छलफल गर्दै पार्टीको आगामी संगठनात्मक दिशा र कार्ययोजनाबारे समेत केन्द्रीय सदस्यहरूले धारणा राख्ने बताइएको छ ।
केन्द्रीय कमिटी बैठकमा सचिवालयले तय गरेका एजेण्डासहित पार्टीका समसामयिक तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ ।





