प्रधानमन्त्री बालेन र कांग्रेस नेताबीच भेटवार्ता, राष्ट्रसंघमा जलवायु मुद्दा उठाउन सुझाव

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न अमेरिका जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई सिंहदरबार बोलाएका थिए ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अपराह्न अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

भेटका क्रममा प्रधानमन्त्री शाहलाई नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्या तथा त्यसबाट परेको प्रभावका विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउन सुझाव दिएको कांग्रेस नेता विश्वप्रकाश शर्माले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्