के के छ ओलीको ६७ पृष्ठ लामो प्रतिवेदनमा ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

५ असोज, काठमाडौं । गत फागुनको निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् ।

तर जिम्मेवारी लिनु र जिम्मेवारीकै कारण मैदान छाड्नु एउटै कुरा नभएको सन्देश पनि उनी सँगसँगै सुनाउँछन् ।

आज बिहानदेखि ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा शुरु भएको तीन दिने केन्द्रीय कमिटी बैठकमा ओलीले ६७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै यसलाई ‘पार्टीको पुनर्निर्माण,लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प’ भनेका छन् ।

प्रतिवेदनमा ओलीले निर्वाचनमा पार्टीले भोगेको पराजयलाई गम्भीर आघातका रूपमा स्वीकार गरेका छन्,नैतिक जिम्मेवारी पनि लिन तयार भएको उल्लेख गरेका छन् । तर यत्ति कारणबाट नेतृत्वबाट भाग्ने मनशाय नराखेको सन्देश पार्टी सदस्यहरुलाई दिएका छन् ।

उनले बिरामी देखेर चिकित्सकले अस्पताल नछाड्ने र बालीमा रोग लाग्यो भन्दै किसानले खेत नछाड्ने भनेझैँ संकटका बेला नेतृत्वले पार्टीलाई अलपत्र पार्न नमिल्ने बताएका हुन् । उनले भने, ‘एकअर्कालाई दोष लगाएर बस्ने कि आत्मसमीक्षा गर्दै पार्टी पुनर्निर्माणमा लाग्ने ?’ सुझावका रुपमा ओलीले दोस्रो बाटो रोज्नुपर्ने सल्लाह दिएका छन् ।

यस्तो छ प्रतिवेदनको पूर्ण पाठ :

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्