यूएन महासभामा नेपालको शान्ति र जलवायु न्यायका विषय उठाउन प्रधानमन्त्रीलाई सांसदहरूको सुझाव

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, ६ असोज । सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदहरूले महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्रीले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखे।

नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण र विकासका आधारलगायत विषय प्रस्तुत गर्नुपर्ने बताइन्।

नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल (आचार्य) ले महासभामा सम्बोधन गर्दा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको पीडा विश्वसामु प्रमाणसहित प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिइन्। अन्तर्राष्ट्रिय सहयोग मागिरहँदा देशभित्रका प्रभावित नागरिकको राहत र पुनःस्थापनाप्रति पनि राज्यको जिम्मेवारी स्पष्ट हुनुपर्नेमा उनले जोड दिइन्।

रास्वपाकी सांसद सुष्मा स्वर्णकार (डिम्पल) ले प्रधानमन्त्रीको भ्रमण फलदायी र उपलब्धिमूलक हुने अपेक्षा गर्दै जलवायु न्यायका विषयमा नेपालको हिमालको आवाज तथा सीमान्तकृत समुदायका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन माग गरिन्।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद निराशा चौधरी (डगौरा) ले कञ्चनपुरमा वन्यजन्तुबाट भइरहेको जनधनको क्षतितर्फ सरकारको ध्यानाकर्षण गराउँदै दीर्घकालीन योजना बनाउन तथा वन्यजन्तु आरक्ष क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न माग गरिन्।

रास्वपाकी सांसद रिमा विश्वकर्माले बलात्कार र हत्याजस्ता अपराधमा मृत्युदण्डको माग उठिरहेका बेला त्यसको वैज्ञानिक आधार नदेखिएको बताइन्। उनले अपराध न्यूनीकरणका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनसँगै राज्य संयन्त्र र समाज पनि जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरिन्।

रास्वपाकी सांसद श्रद्धा कुँवर क्षेत्रीले चाडपर्व सुरु हुन लाग्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण मारमा परेको बताउँदै बजार अनुगमन तीव्र बनाउन र सुपथ मूल्य पसल सञ्चालन गर्न आग्रह गरिन्।

सांसद समीक्षा बाँस्कोटाले सुरक्षित मातृत्व तथा प्रजनन सुरक्षाको हक कार्यान्वयन गर्न र यससम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन माग गरिन्।

रास्वपाकी सांसद क

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी