सूर्यज्योति लाइफको एजेन्सी अवार्ड नाइट सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा शाखा सम्मानित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्दै कम्पनीको व्यवसाय विस्तारमा योगदान पुर्‍याएका देशभरका करिब ३०० जना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताहरू कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने विभिन्न विधाका एजेन्सी म्यानेजर तथा अभिकर्तालाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो। Self Code तथा BDI Team Business अन्तर्गत उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड’ र ‘सूर्यज्योति रत्न अवार्ड’ प्रदान गरिएको थियो। यस्तै Self Code Qualifiers, MDRT Global Conference 2027 Qualifiers, Product Ambassador Contest, Chairman Club, Province Top Qualifiers, Star Agency Managers, Top Policy Sold, Top Active Agent Recruitment, Top 10 Business Contributors तथा Best Agency Team of the Year लगायतका विधामा उत्कृष्टलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

विशेष सम्मानअन्तर्गत ‘SuryaJyoti Ojashwi Ratna Award 2082’ को Self Code Business तथा BDI Team Business दुवैतर्फ बुटवल पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे सम्मानित भए। ‘SuryaJyoti Ratna Award 2082’ को Self Code Business तर्फ पनि घिमिरे सम्मानित भएका छन्। BDI Team Businessतर्फ कमल प्रसाद घिमिरेसँगै कृष्ण पराजुली, कृष्ण प्रसाद भट्ट, लक्ष्मी तिमल्सिना, कल्पना सिवाकोटी, उपिन्द्रा राई र रेखा पोख्रेल घिमिरे सम्मानित भए।

Product Ambassador Contest अन्तर्गत ‘सूर्यज्योति सजिलो भुक्तानी बिमा योजना’ (Money Back Plan) तथा ‘सूर्यज्योति थ्री २० बिमा योजना’ अन्तर्गत गौरव कुमार शाही, सुरज हुमागाईँ र सिम्रन पुनलाई ट्रफी तथा सम्मानपत्र प्रदान गरिएको थियो। यस्तै सर्वाधिक व्यवसाय, उत्कृष्ट अभिकर्ता नियुक्ति तथा बीमालेख जारी गर्ने शाखामध्ये बुटवल पाल्पा रोड शाखा र दमौली शाखालाई शिल्डसहित सम्मान गरिएको थियो।

कार्यक्रममा कम्पनीका Agency Training and Development Head उत्तम प्रसाद आचार्यले स्वागत मन्तव्य राख्दै सहभागीहरूलाई अभिनन्दन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अभिकर्ताले आफ्नो टिम विस्तार गर्ने, कर्मचारीले उत्कृष्ट सेवा प्रदान गर्ने र कम्पनीले बीमितको विश्वास अझ मजबुत बनाउँदै अघि बढ्ने तीन आधारमा जोड दिए। उनले सूर्यज्योति लाइफले ISO 2001:2015 Certified कम्पनीका रूपमा समयसापेक्ष बिमा योजना तथा प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको र मोबाइल एपमार्फत अभिकर्ता तथा बीमितको सेवा थप सहज बनाइएको बताए।

कार्यक्रमको अन्त्यमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीको व्यावसायिक यात्रामा अभिकर्ता तथा कर्मचारीको योगदान महत्त्वपूर्ण रहेको बताए। उनले सूर्यज्योति लाइफलाई अझ सुदृढ, विश्वसनीय र उत्कृष्ट जीवन बिमा कम्पनीका रूपमा स्थापित गर्न एकता, सहकार्य र निरन्तर प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गर्दै अभिकर्ता, कर्मचारी, बीमित तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे।

कम्पनीका अनुसार ‘एजेन्सी अवार्ड नाइट–२०८३’ ले उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको योगदानको सम्मान गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिका लागि प्रेरणा प्रदान गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्