काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्ध र सेनाप्रति एमालेको दृष्टिकोण स्पष्ट पार्न माग गरेका छन्।
बुधबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै रिजालले पार्टीको निसाना नेपाली सेना नै हो जस्तो गरी सदनमा बारम्बार प्रस्तुत हुँदा भ्रम र संशय सिर्जना भएको बताए।
उनले भने, ‘सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ । एमालेको आजको मुख्य निसाना नेपाली सेना नै हो जस्तो गरेर सदनमा बारम्बार प्रस्तुत हुनुले पार्टीकै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ । यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ ।’
रिजालले पार्टी अध्यक्षको प्रतिवेदनप्रति समर्थन जनाउँदै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको थप व्याख्याबाट मुख्य नेताहरूबीच रहेको अविश्वास हटेको धारणा राखे।
अध्यक्षको प्रतिवेदनले पार्टीका कमजोरीको समीक्षा गर्दै निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारीसमेत लिएर आगामी बाटो प्रस्तुत गरेको भन्दै उनले त्यसको समर्थन गरे।
रिजालले वामपन्थी एकताका लागि तत्काल पहल गर्न पनि पार्टीलाई सुझाव दिए। एमालेको नीति र नेतृत्वमा वामपन्थी एकता भए पुनः कम्युनिस्ट आन्दोलन जागृत हुन सक्ने उनको भनाइ छ।
उनले समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि गम्भीर बहस आवश्यक रहेको बताए। नयाँ पुस्ता अहिलेको नारा, सिद्धान्त, रणनीति, कार्यनीति र कार्यशैलीप्रति आकर्षित नरहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई जोड्न साहसिक कदम आवश्यक रहेको बताए।
पार्टीको प्रचारलाई प्रभावकारी बनाउन भौतिक संरचनाभन्दा डिजिटल संयन्त्र निर्माण गर्नुपर्नेमा पनि रिजालले जोड दिए। उनले पार्टी केन्द्रमा छुट्टै डिजिटल विभाग बनाएर चौबिसै घण्टा नयाँ माध्यमबाट प्रचार गर्नुपर्ने बताए।
पार्टीमा नयाँ पुस्ताको आकर्षण घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै रिजालले भने, ‘पार्टीको पूर्णकालीन सदस्य हुने कतै मेरो पुस्ता नै अन्तिम हुने त होइन ? यस विषयमा गम्भीर हुन पार्टीका सबै तप्कालाई आग





