एमालेमा नेतृत्व विवाद : सूर्य थापाको आग्रह–‘गुटबन्दी छाडेर अध्यक्षको प्रतिरक्षामा उभिनुस्’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्षविरुद्ध लाग्ने र महाधिवेशनको जनादेशविपरीत घेराबन्दी गर्ने कार्य गलत भएको बताएका छन्।

एमाले केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै थापाले पार्टीभित्रको आन्तरिक किचलो र नेतृत्वमाथिको निरन्तर प्रहारले संगठन कमजोर बनेको बताएका हुन्। उनले गुटबन्दी त्यागेर एकजुट हुन तथा अध्यक्षको प्रतिरक्षामा उभिन पार्टीपंक्तिलाई आग्रह गरे।

महाधिवेशनका ७५ प्रतिशत प्रतिनिधिले अस्वीकार गरिसकेको ‘अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने’ विषयलाई बारम्बार सञ्चारमाध्यममा उठाएर वातावरण बनाउन खोज्नु उचित नभएको थापाको भनाइ छ। उनले पार्टीलाई अन्त्यहीन बहसको ‘डिबेट क्लब’ बनाउन नहुने चेतावनी दिए।

थापाले व्यक्ति मन पर्ने वा नपर्ने विषय अलग भए पनि महाधिवेशनको फैसला, पार्टीको विधि र पद्धतिको कार्यान्वयन सबैका लागि बाध्यकारी हुनुपर्ने बताए।

उनले दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेरहदलाई नेतृत्व परिवर्तनको ‘रामबाण उपचार’ मान्न नसकिने धारणा पनि राखे। नेतृत्व परिवर्तन मात्रले पार्टीको समस्या समाधान नहुने भन्दै उनले नेतृत्व निर्माण, पुस्तान्तरण र जिम्मेवारी हस्तान्तरणको मार्गदर्शन राजनीतिक प्रतिवेदनमै स्पष्ट रूपमा आएको उल्लेख गरे।

थापाले पार्टी कठिन परिस्थितिबाट गुज्रिरहेका बेला नेतृत्व परिवर्तन मात्र गरेर संगठन बलियो नबन्ने भन्दै एकता र संगठन सुदृढीकरणमा ध्यान दिनुपर्नेम

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्