वर्षाले नेपाल–जापान खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ।

वर्षाका कारण खेल निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको थियो। त्यसपछि खेललाई १५ ओभरमा छोट्याइएको थियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। नेपालका लागि जोराले ३२ बलमा ५७ रन तथा लोकेशले २२ बलमा ५२ रन बनाएर अविजित रहे। आसिफ शेखले २१ रनको योगदान दिए।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान एक–एक विकेट लिए।

नेपालको इनिङ सकिने क्रममा पुनः वर्षा सुरु भएपछि पिचलाई कभरले ढाकिएको थियो। लगातारको वर्षाका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन भएको हो।

यससँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपालले २ खेलबाट ३ अंक जोड्यो भने अफगानिस्तान २ खेलबाट २ अंकसहित समूह उपविजेता बन्यो।

क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले भारतसँग खेल्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी