लगातारको वर्षाले सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारी सञ्चालनमा रोक

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

धनगढी । लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लगातारको वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका हुन्।

कैलाली र कञ्चनपुरमा भने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन। सूचना जानकारीमा नआएका कारण पहाडतर्फ गइरहेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडाबाटै फर्काइएको प्रहरीले जनाएको छ।

शुक्रबारदेखि सुदूरपश्चिमका नौवटै जिल्लामा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिम बढेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी