गुल्मीमा पहिरो खस्दा दुई घर जोखिममा, ६ जनाको उद्धार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरो खस्दा दुई घर जोखिममा परेका छन्।

शुक्रबार राति माथिबाट पहिरो खसेपछि तेजबहादुर खत्री र एमकला खत्रीका एकतले कच्ची घर जोखिममा परेका हुन्।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक निरीक्षक प्रविन चौलागाईंको कमाण्डमा नौ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै घरमा रहेका ६ जनालाई उद्धार गरी तेजबहादुर खत्रीको घरमाथि रहेको गोठको माथिल्लो भागमा सुरक्षित स्थानान्तरण गरेको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।

पहिरोका कारण थप जोखिम हुन सक्ने भएकाले प्रहरीले घटनास्थलको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी