डोल्पामा पहिरोबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु, एक घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार राति करिब ९ः४५ बजे रावलबाडाका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका थिए। सोही क्रममा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा मनरुपको घटनास्थलमै मृत्यु भएको हो।

ढुंगा लागेर चन्द्ररुपको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा एसओसीओसहितको टोली घटनास्थल पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी