काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ।
सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको हो।
०८२ पुस मसान्तसम्म नवीकरण गरेका क्रियाशील सदस्य ७ लाख ८३ हजार ८ सय ३६ रहेको जनाएको छ। देउवा समूहले सदस्यता वितरणका लागि नयाँ वेबसाइट पनि आजैबाट सञ्चालनमा ल्यायो।
छुटेका व्यक्तिले असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको नेता नेता प्रकाशशरण महतले बताए।
आफूहरूले असोज १५ गतेबाटै वडा अधिवेशन सुरु गर्न लागेको बताए। उनका अनुसार केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गते काठमाडौंमा हुँदै छ।
उनले भने, ‘हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ तर सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आयो।’





