काठमाडौं । नेपाली कांग्रेसले प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको जनाएको छ।
१५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन जारी रहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
उनका अनुसार असोज १६ देखि १९ सम्म हुने महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ नगर अधिवेशन सम्पन्न हुने क्रम जारी छ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनरप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मनाङ, मुस्ताङ र बैतडी जिल्लामा सम्पन्न भइसकेको उनले बताए।
संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा उद्घाटन सत्रको सुरुवात भई निर्वाचन प्रक्रिया चलिरहेको उनले जनाए।
मौसमलाई हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसले मातहतको समितिलाई निर्देशन दिएको छ।
अधिवेशनका क्रममा कतिपय स्थानमा निर्वाचन निर्देशिका भन्दा धेरै शुल्क लिएको गुनासो आएपछि तोकिएको शुल्कभन्दा बढी नलिन समेत निर्देशन दिएको छ।
हेर्नुस् कुन पदमा उम्मेदवार बन्न कति रकम लाग्छ ?







